राष्ट्रियस्तरका विकास बैंकको नाफा ३१ प्रतिशतले बढ्यो , मुक्तिनाथले कमायो सबैभन्दा धेरै नाफा

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म २ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनामा २ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। यो सँगै गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा विकास बैंकहरुको नाफा ३१.४३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ४ महिनामा उक्त बैंकहरुले १ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ रहेको छ। मुक्तिनाथले ४२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३३.६८ प्रतिशतले बढी हो ।

४ महिनाको अवधिमा मुक्तिनाथ पछि गरिमा बैंकले नाफा कमाएको छ । गरिमाले ३६ करोड ८४ लाख रुपैयाँ , शाइन रेसुंगाले ३५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा लुम्बिनीले २९ करोड ३७ लाख रुपैयाँ, कामना सेवाले २४ करोड ७१ लाख रुपैयाँ, महालक्ष्मीले २० करोड १६ लाख रुपैयाँ, सांग्रिलाले १३ करोड ६८ लाख रुपैयाँ र ज्योतिले ६६ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्षको तुलनामा लुम्बिनीको नाफा ६२.२७ प्रतिशत, कामना सेवाको ४४.४५ प्रतिशत, महालक्ष्मीको १७.४९ प्रतिशत र सांग्रिलाको ३३.२५ प्रतिशतले बढेको छ भने ज्योतिको ९४.०७ प्रतिशतले घटेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार