काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने आज बिहान मौसम पुर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
रातमा भने कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाइए छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा
क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।