CLI

महुली लघुवित्तले पुस ५ देखि एफपीओ निष्काशन गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि थप सार्वजनिक निष्काशन ९एफपीओ० गर्ने घोषणा गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंसिर १७ गते महुली लघुवित्तलाई एफपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।

लघुवित्तले कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागेको हो। यो एफपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि उक्त मिति सम्ममा पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन अवधि पुस १९ गतेसम्म लम्ब्याइनेछ।

एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

एफपीओको रेटिङ्गका लागि क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपछि यो पूँजी बढेर ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

 

Leave Your Comment

Related News