गरिमा क्यापिटलले १ अर्बको बन्दमुखी “गरिमा म्युचुअल फण्ड” ल्याउदै

काठमाडौं । गरिमा क्यापिटलले १ अर्बको  “गरिमा म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने सामुहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” सञ्चालनमा ल्याउने भएको छ  ।

१ अर्वको म्यच्युअल फण्डमा १४ प्रतिशत कोष प्रबर्दक गरिमा विकास बैंकलाई र १  प्रतिशत योजना व्यवस्थापक गरिमा क्यापिटललाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाई आम सर्वसाधारणलाई बिक्री गरिने क्यापिटलले जनाएको छ  ।

लागानी कर्ताले यो योजनामा  न्युनतम १०० इकाई र अधिकतम १ करोड सम्म आवेदन दिन सक्नेछन्  । लगानीकर्ताले यो योजनामा  पुस ११ गतेसम्म  आबेदन गर्न सक्नेछन् । तोकिएको अबधिमा सबै ईकाइ बिक्रि नभएमा  पुस २१ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले यो योजनामा आबेदन दिँदा मेरोशेयर तथा सिआश्वा आवद्द सबै बैकं वित्तिय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन्  ।

योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरिमा क्यापिटलले नै गर्नेछ । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको दोस्रो सामुहिक लगानी कोष हो  ।

१० वर्षको अवधि रहेको यो योजना बन्दमुखी (Closed Ended) योजना  हो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार