काठमाडौं । हिमालयन बैंकका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ८ हजार ५६२ कित्ता शेयर विक्री गर्ने भएका छन् ।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरीद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी विक्री खुला गरिएको हो ।
यो शेयर खरीद गर्न इच्छुकले आज मंसिर २६ गतेदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति शेयर खरीद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।