पाँच दिन पछि शेयर बजारमा सुधार, नेप्से २७ सय माथि पुग्दा ५ अर्बको कारोबार

काठमाडौं । निरन्तर घटेको शेयर बजार बुधबार सुधार देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.७५ अंकले बढेर ४६४.६६ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ३.३९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ३.३८ अंकले बढेको छ ।

बुधबार ३०८ वटा कम्पनीको १ करोड १३ लाख ८६ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ५ करोड ६ लाख ५४ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा ६३ करोड ७३ लाख ३४ हजारले बढी हो । मंगलबार ३०३ वटा कम्पनीको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ४१ करोड ३३ लाख २० हजार पुगेको थियो ।

बु्धबार बजार पुँजीकरण रकम समेत बढेको छ । बुधबार बजार पुँजीकरण रकम ४५ खर्ब ४ अर्ब ५५ करोड ६८ लाख रहेको छ । जुन मंगलबारको तुलनामा करिब २ खर्बले बढी हो । मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब २८ अर्ब ४४ करोड २२ लाख रहेको थियो ।

बुधबार २११ वटा कम्पनीको शेयर मूल्य बढ्दा २९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बुधबार १२ वटा समूह सुचक बढ्दा बाँकी १ वटा समूह सुचक घटेको छ । बैकिङ ४८, विकास बैंक ९३, वित्त ६०, होटल र पर्यटन ७०, जलविद्युत ६९, लगानी ०.८२, जीवन बीमा १३९, उत्पादन र प्रशोधन ४१, लघुवित्त २१, निर्जीवन बीमा १३२, व्यापार ७७ र अन्य समूह ११ अंकले बढ्दा म्युअुचल फण्ड ०.०७ अंकले घटेको छ ।

बुधबार सर्वाधिक कमाउनेमा जानकी फाइनान्स, रिभर फल्स पावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रह्यो । जानकी फाइनान्सको ३६ करोड १५ लाख, रिभर फल्स पावर लिमिटेडको २० करोड २५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ११ करोड ८१ लाख, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९ करोड ८५ लाख र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ८ करोड १३ लाख बराबर करोबार भयो ।गत बुधबार देखि घटेको शेयर बजार आज (बुधबार) आएर बढेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार