काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । छापावाल सुनको मूल्य प्रति तोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ६५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलाको १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।