साना किसान विकास लघुवित्तले पुस २३ मा बोलायो साधारण सभा

Garima_Business-Loan3

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बस्नेछ ।

सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार