गुहेश्वरी मर्चेन्टले लाभांश वितरण नगर्ने

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोही बैठकले वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिको लागि पेश गर्ने र स्वीकृति पाएपछि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको नेप्सेमार्फत जनाएको छ ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट पनि शेयरधनीलाई लाभांश दिएको थिएन । कम्पनीले पछिल्लो पटक आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार