नेपाल एसबिआई बैंकको साधारण सभा पुस २१ मा, लाभांश वितरणको प्रस्ताव पारित गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २१ गते ३१औं वार्षिक साधारण सभा बोलाएको छ ।

मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

यस वर्ष कम्पनीले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६.८५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत गरेको छ ।

सभाले गत वर्ष सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च गरेको ८८ लाख ८७ हजार रुपैयाँलाई समेत अनुमोदन गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने सक्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार