अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको वार्षिक साधारण सभा पुस २६ मा

Garima_Business-Loan3

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले आगामी पुस २६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । सभा भगवतीबहाल नक्सालस्थित लिसारा रिसेप्सनमा उक्त दिन बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले संस्थापक समूहका ४ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार