सन्राइज सेक्युरिटिजको वार्षिक साधारण सभा पुस २१ मा

Garima_Business-Loan3

काठमाडौं । सन्राइज सेक्युरिटिज लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि आगामी पुस २१ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको गैह्रीधारास्थित कम्पनीको सभाकक्षमा दिउँसो २ः३० बजे सभा शुरु गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

अन्य कुनै ब्रोकर कम्पनीसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गरेको कम्पनीले त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार