CLI

नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघको केन्द्रीय अध्यक्षमा ठाकुर

काठमाडौं । नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघको केन्द्रीय अध्यक्षमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अश्विनीकुमार ठाकुर चुनिएका छन्। शनिबार सम्पन्न २३ औं वार्षिक साधारणसभाले ठाकुरलाई सर्वसम्मतिबाट अध्यक्ष छानेको हो।

त्यसैगरी, संघको उपाध्यक्षमा भोलानाथ प्रेमी उपाध्याय र सदस्यहरुमा नवराज फुयाँल, शिवकृष्ण महर्जन, कमलप्रसाद ज्ञवाली, दीपकबहादुर खड्का, बसन्ती श्रेष्ठ, टिकाप्रसाद उपाध्याय, गौरीशंकर श्रेष्ठ, प्रमोदप्रसाद नेपाल। कृष्णहरि पुडासैनी र बाबुराम आचार्य छन्। कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।

Leave Your Comment

Related News