मंसिरको तुलनामा पुसमा ब्याजदर बढ्यो, कुन बैंकको कति ब्याजदर

काठमाडौं । पुस महिनाका लागि बैंकहरुले औसत ब्याजदर बढाएका छन् । पुस महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको ब्याजदरमा मंसिरको तुलनामा पुसमा औसत ब्याजदर घटेको बढेको देखिन्छ । पुसमा बैंकहरुले ०.०४६ प्रतिशतले औसत ब्याजदर बढाएका छन् ।

मंसिरमा २० वटा वाणिज्य बैंकको ब्याजदर औसतमा ५.९७ प्रतिशत रहेको थियो । पुसमा औसत ब्याजदर ०.०४६ प्रतिशत विन्दुले बढेर ६.०१ प्रतिशत बिन्दुमा पुगेको छ ।

मंसिरको तुलनामा पुसमा तीन वटा बैंकले ब्याजदर घटाएका छन् भने तीन वटा बैंकले बढाएका छन् । बाँकी १४ वटा बैंकले मंसिरको ब्याजदरलाई चलाएका छैनन् ।

ब्याजदर बढाउनेमा एनएमि बैंक, प्राइम र कृषि विकास बैंक छन् । एनएमबिले ब्याजदर १.०३ प्रतिशत बिन्दुले बढाएर ६.६ प्रतिशत पुर्याएको छ ।

प्राइम बैंकले ०.५ प्रतिशत बिन्दुले बढाएर ६.२५ पुर्याएको छ । यस्तै कृषि विकास बैंकले पनि ब्याजदर ०.०४ प्रतिशत बिन्दुले बढाएर ५.५७ प्रतिशत पुर्याएको छ ।

मंसिरको तुलनामा पुसमा ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् । एनआईसीले मंसिरको तुलनामा ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गरेको छ ।

यस्तै सानिमा बैंकले ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाएर ६.०५ प्रतिशत रहेको छ भने नेपाल बैंकको ब्याजदर ०.३५ प्रतिशत बिन्दुले घटाएर ५.६ प्रतिशत रहेको छ । बाँकी बैंकको ब्याजदर भने यतावत रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार