‘सर्वाधिक मूल्यवान प्रिमियम सेडान’ जेएमईभी जीएसई नेपालमा सार्वजनिक

काठमाडौं । शौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ।

‘सर्वाधिक मूल्यवान प्रिमियम सेडान’ को रूपमा ख्याति कमाएको जेएमईभी जीएसईले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखिएको कम्पनीको भनाई छ।

जेएमईभीको विश्वस्तरीय इन्जिनियरिङ
जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (जेएमईभी) द्वारा निर्मित, जीएसई इभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब हो।

सन् २०१५ मा स्थापना भएको जेएमईभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो। सन् २०१९ मा रिनौल्ट समूह ले जेएमईभीमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको छ।

जेएमईभीले विलासिता, व्यावहारिकता र पर्यावरणप्रति सजगताको संयोजन गर्दै अभूतपूर्व ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ। नेपालको विविध भूगोललाई मध्यनजर गरी तयार पारिएका यसका विशेषताहरू

यस प्रकार छन्ः
ब्याट्री क्षमता: ४९ केडब्लुएच
मोटर आउटपुटः ९९ केडब्लु
रेञ्जः ४२० किमी (एनईडीसी परीक्षण)
ग्राउन्ड क्लियरन्सः १७० मिमी – नेपालको विविध भूभागका लागि उपयुक्त
प्यानोरामिक मूनरुफः यात्राको अद्वितीय अनुभवका लागि
३६०डिग्री एभीएम भिजुअल सिस्टमः सुरक्षालाई थप मजबुत बनाउन
मिशेलिन हाओयु ४ म्युट टायरहरूस् शान्त र सहज यात्रा सुनिश्चित गर्न
बुट स्पेसः ४१० लिटर, दैनिक सुविधाको लागि उपयुक्त

यी अत्याधुनिक विशेषताहरूले जेएमईभी जीएसईलाई स्टाइल, आराम, र प्रदर्शन खोज्ने पर्यावरण सचेत चालकहरूका लागि प्रिमियम विकल्प बनाएको छ।

मूल्य र उपलब्धता
जेएमईभी जीएसईअहिले ५३ लाख ९९ हजारको एमआरपीमा उपलब्ध छ। ग्राहकहरूले यस अद्वितीय गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न शौर्य अटोमोबाइल्स शो–रुम, दरबारमार्ग, काठमाडौंमा भ्रमण गर्न कम्पनीले आग्रह गरेको छ।

जेएमईभी नेपालमा उपलब्ध हुनुले दिगो गतिशीलता प्रवर्द्धन र नेपाललाई हरित ऊर्जातर्फ लैजाने, शौर्य अटोमोबाइल्सको प्रतिबद्धतालाई बलियो बनाएको छ।

सार्वजनिक समारोहमा बोल्दै, शौर्य अटोमोबाइल्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ता ले भने, ‘जेएमईभी कुनै साधारण गाडी मात्र होइन। यो नवपर्यावहन, विलासिता, र जिम्मेवारीको प्रतीक हो। यसको अतुलनीय विशेषताहरू र प्रदर्शनले यसलाई वास्तवमै द मोस्ट भ्यालुएवल प्रिमियम सेडानको रूपमा स्थापित गरेको छ। हामी यो विश्वव्यापी ईभी नेपालमा ल्याउन पाउँदा उत्साहित छौं।’

शौर्य अटोमोबाइल्स प्रालिका महाप्रबन्धक अधिर कुमार श्रेष्ठले भने, ‘१७१ मिमी ग्राउन्ड क्लियरेन्स, ४२० किलोमिटर रेन्ज र अत्याधुनिक सुविधाहरूका साथ, जेएमईभी जीएसईले विद्युतीय सवारी साधन बजारमा नयाँ अपेक्षाहरू स्थापना गरेको छ। यो सेडान मात्र सवारी साधन होइन। यो नेपालको विद्युतीय सवारी साधनको परिदृश्यलाई परिवर्तन गर्ने गेमचेन्जर हो।’

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार