कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमिति चयन भएको छ । मंसिर २९ गते शनिबार सम्पन्न नाफिजको १५ औं वार्षिक साधारण सभा तथा सातौं महासभा (निर्वाचन) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । कार्की यसअघि नाफिजको उपाध्यक्ष रहेकी थिइन। कार्की हाम्रोअर्थ डटकमको सम्पादक समेत हुन् ।

नाफिज कार्यसमिति १३ सदस्यीय हुनेछ । त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरि १० सदस्य निर्वाचित गरेको छ ।

निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा ९प्रमिला० र निरोजकुमार थापा निर्वाचित भएका छन् । खतिवडाले १०४ र थापाले ९३ मत प्राप्त गरेका थिए । उनीहरुको प्रतिस्पधी प्रमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत प्राप्त गरेका थिए ।

यसैगरि महासचिवमा निकेश खत्रीले ११२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नवीन ढुंगानाले ६६ मत प्राप्त गरेका थिए ।

सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् । उनले १२६ भोट ल्याउँदा उनका प्रतिस्पर्धी चेतनारायण पाण्डले भने ५७ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी भोला देवकोटा ९परिवर्तन० ले ८३ मत ल्याएका थिए ।

यस्तै, सदस्यमा अनिश मिजारले १२०, अनुप आचार्यले ११८, चित्रराज भण्डारीले ११६ र शुक्र गिरीले १०७ मत ल्याएर बिजयी भएका छन् । अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत ल्याएका थिए ।

नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रुपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँकार्य मनोनीत गर्ने छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार