पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा  निर्मला शर्मा विजयी भएकी छन्  । नेपाल पत्रकार महासंघको इतिहाँसमा उनी पहिलो महिला अध्यक्ष बन्ने अबसर प्राप्त गरेकी छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य उपाध्यक्ष महिलामा नितु पण्डित उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्द निर्वाचित भएका छन् ।

महासंघको महासचिवमा रामप्रसाद दाहाल चार हजार ८४ मत प्राप्त गरी विजयी भएका छन्  । सचिव खुलामा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा, सचिव आदिवासी जनजातिमा सविन प्रियासन, सचिव मधेशीमा अशोककुमार सचिव दलिततर्फ प्रकाश धौलाकोटी निर्बाचित भएका छन् ।

कोषाध्यक्षमा  रामकृष्ण अधिकारी कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा कमल रिमालले, मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा दुई सय ९७ मत र राजेशकुमार कर्ण विजयी भएका छन् ।

बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथि गण्डकी प्रदेश सदस्यमा कृष्ण केसीर केवी लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले त र विकास बन्जाडे  विजयी भएका छन्  ।

कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले र नगेन्द्रप्रसाद उपाध्याय सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायर र सुरेश पन्तले विजयी भए ।

उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदीले भएका छन्

प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओली र सविता शर्मा विजयी भएका छन्  । संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरी र खुला सदस्यमा छविलाल तिवारी, भूपेन्द्र आचार्य , मुकुन्दप्रसाद भण्डारी , रामेश्वर कार्की र लवदेव ढुङ्गाना निर्वाचित भएका छन् ।

मधेसी महिलातर्फ रुवीकुमारी रौनियार, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वा, खस आर्य महिलामा लिला शाह योगी निर्वाचित भएका छन् ।  दलित महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भइसकेकी छन्  ।

दलित सदस्यमा सिकेन्द्र पासवान र सावित्री रसाइली (निर्विरोध) निर्वाचित हुनुभएको थियो । आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगर निर्वाचित भएका छन् आदिवासी महिला सदस्यमा देविका घर्ती मगर निर्विरोध निर्वाचित भएकी छन् ।

 

मधेसी सदस्यमा राजकरण महतो महिलामा ललिताकुमारी साह निर्वाचित भएका छन् । अपाङ्गता भएका सदस्यमा भूपराज बस्यालले, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामी विजयी भएका छन् ।

लेखा समिति संयोजकमा केसी लामिछाने सदस्य खुलामा केशवप्रसाद बोहराले र लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेल निर्वाचित भएका छन् ।  महासङ्घको निर्वाचन यही मंसिर २८ गते भएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार