मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को सम्मको मुनाफाबाट नगद लाभांश र बोनस शेयर वितरण नगर्ने भएको छ ।

संस्थाको मंसिर २९ गते दिउसो १ बजे बसेको सञ्चालन समितिको ४३७ औं बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । त्यसपछि कम्पनीले लगातार तीन वर्ष शेयरधनीको हात खाली बनाएको छ ।

साथै कम्पनीले गत आवको वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । २७औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय राजविराजमा गर्ने नेप्से मार्फत जनाएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस ११ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार