महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष ०८०/८१ सम्मको मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको ६१० औं बैठकले आर्थिक वर्ष ०८०८१ को मुनाफा रकमबाट उक्त लाभांश वितरण गर्न लागेको हो ।

बैंकले चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने १६ करोड ६८ लाख ५२ हजार ७४४ रुपैयाँ र चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने १२ करोड ५१ लाख ३९ हजार ५५८ रुपैयाँ बोनश शेयर वितरण गर्न लागेको हो । बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपौँ रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले कर समेत ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्षको तुलनामा भने कम्पनीको लाभांश यस वर्ष बढेको हो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार