काठमाडौं । शिवम सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष ०८०/८१ सम्ममको मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । बिहीबार सञ्चालन समितिको १३३ औं बैठकले बोनस शेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको ८ दशमलव ५५ प्रतिशतका दरले हुन आउने ४२ करोड ९८ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर र चुक्ता पुँजीको ० दशमलव ४५ प्रतिशतका दरले हुन आउने २ करोड २६ लाख २१ हजार ५०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको चुक्ता पुँजी ५ करोड २ लाख ७० हजार रुपैयाँ रहेको छ ।
लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते एक दिन कम्पनीको शेयर दाखिला खोल कार्य बन्द रहने बताइएको छ । लाभांश वितरण भने कम्पनीको आगामी साधारण सभाबाट पािरत गरे पछि वितरण गरिनेछ ।