राष्ट्र बैंकको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागको सेवा थापाथलीबाट सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सञ्चालन भइरहेका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अब थापाथलीस्थित नवनिर्मित भवनबाट सञ्चालित हुन थालेको छ ।

राष्ट्र बैंकले मंसिर २५ गते सूचना जारी गर्दै बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागले पुस १ गतेदेखि थापाथलीस्थित नयाँ भवनबाट सम्पूर्ण सेवा सञ्चालन गर्ने जानकारी दिएको थियो ।

उक्त सूचनामा लेखिएको थियो,‘बालुवाटारस्थित भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने भएकाले मिति २०८१ पुस १ गतेदेखि उक्त विभागहरूबाट प्रदान गरिने सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

बालुवाटारस्थित भवनमा कार्यरत यी विभाग स्थानान्तरणपछि राष्ट्र बैंकको मुख्य प्रशासनिक गतिविधि थप प्रभावकारी हुने विश्वास गरिएको राष्ट्र बैंकले जनाएको छ । थापाथलीस्थित यो भवन राष्ट्र बैंकले अत्याधुनिक संरचना र सेवा प्रविधिका साथ निर्माण गरेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार