काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तान माथि शान्दार जित निकालेको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
१०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । ४७ बलको सामना गरेकी पुजाले ४ चौका प्रहार गरिनन् । सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।
त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् ।
पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।
अब भोलि नेपालले भारतको सामना गर्नेछ ।