ईङ्वा हाइड्रोपावरको १५औं वार्षिक साधारण सभा पुस २४ मा

Garima_Business-Loan3

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा होटल क्रिष्टल पुशपति, गौशला काठामाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ११ गतेसम्म शेयर खरीद गरी कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार