काठमाडौं । डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रवर्द्धनमा एनसीएचएल लागिपरेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यलाई लक्षित गर्दै तथा डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्ट्यान्टको फण्ड ट्रान्सफर नि:शुल्क गरिएकोे छ । अब नेपालपे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले पुस १६ गतेसम्मका लागि नेपालपे इन्स्ट्यान्ट मार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।
नेपालपे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो जसमा लाभग्राहीको भीपीएको आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ । हाल नेपालपे इन्स्ट्यान्टको सुविधा कनेक्टआईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ्ग एपहरुमा उपलब्ध रहेको छ ।