नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला बन्ने निश्चित भएको छ ।

संघको अध्यक्षका लागि हालका उपाध्यक्ष सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी दिएका थिए । शेरचनले उम्मेदवारी फिर्ता लिएसँगै कोइराला अध्यक्ष बन्ने पक्का भएको हो ।

विगत १३ वर्षदेखि संघको वरिष्ठ उपाध्यक्ष अध्ययक्ष हुने परिपाटी विकास हुँदै आएको थियो । तर यस पटक अध्यक्षका लागि दुई जनाले दाबी गर्दा यस पटक चुनाव हुने सम्भावना थियो । तर नेपाल बैंकर संघका पूर्वअध्यक्ष अशोक राणा र ज्ञानेन्द्र ढुंगाना, वर्तमान अध्यक्ष सुनिल केसी तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबीच सोमबार भएको छलफलमा प्रभु बैंकका सीईओ अशोक शेरचन उम्मेदवारी छाड्न तयार भएका हुन् ।

संघको ३८औं साधारण सभा पुस ३ गते बोलाइएको छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुनेछ ।

शशिन जोशी र अशोक राणाबीच चुनाव भएयता संघमा सहमतिमै उपाध्यक्षलाई अध्यक्ष बनाइँदै आएको थियो । सहमतिमै राजनसिंह भण्डारी, उपेन्द्र पौडेल, अनिल शाह, ज्ञानेन्द्र ढुंगाना, भुवन दहाल, अनिल उपाध्याय र सुनिल केसी अध्यक्ष बनिसकेका छन् ।

को हुन् कोइराला

भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा न। ४ ९साविकको सिद्धेश्वर गाबिस–६ मा जन्मिएका कोइरालाले कक्षा २ सम्म स्थानीय दुर्गेश्वर प्राविमा पढेका थिए । अलि परको सिद्धेश्वर माविमा कक्षा ५ सम्म पढेपछि कोइरालाको परिवार झापा बसाइसकेको थियो । कोइरालाले झापाको चन्द्रगढी–६(हाल भद्रपुर नगरपालिका–६) स्थित विरेन्द्र माविबाट कोइरालाले २०४५ सालमा एसएलसी उतिर्ण गरेका हुन् ।

त्यसपछि उनी इञ्जिनियर अमृत साइन्स क्याम्पस९अस्कल०मा भर्ना थए । २०४६–४८ मा आईएससी उतिर्ण भए । मेची बहुमुखी क्याम्पसमा २०४८ देखि २०५१ सम्ममा बिकम पास गरेका छन् । उनले २०४८ देखि २०५२ सालको बिचमा झापा र काठमाडौंमा विभिन्न विद्यालयहरुमा अध्यापनको अनुभव छ ।

२०५६ देखि २०५८ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट तर्फबाट एमबिए पास गरेका कोइरालाले नेदरल्याण्डबाट एडभान्स लिडरशिप म्यानेजमेन्टमा डिप्लोमा कोर्ष पनि पुरा गरेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार