काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् ।
यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको गैरबैकिङ सम्पत्तिमा अत्याधिक बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिना अर्थात् कातिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैरबैकिङ सम्पत्ति ७४.५८ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ३८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७४.५८ प्रतिशत अर्थात् १६ अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति २१ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति आर्जन गर्नेमा वाणिज्य र्बैंक, विकास बैंक र वित्त कम्पनी रहेका छन्, यसो हुनमा भने उनीहरुको चुक्ता पूँजीको आकारले गर्दा पनि हो । चालु आर्थिक वर्षको कार्तिकसम्म वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा १४ अर्ब ११ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकको गैरबैंकिङ सम्पत्ति १८ अर्ब २१ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको कार्तिकसम्म विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब २७ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको गैरबैंकिङ सम्पत्ति २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको कार्तिकसम्म वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति २ अर्ब २६ करोड १० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९४ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति १ अर्ब ३१ करोड २० लाख रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्नु पर्ने वाध्यताका कारण गैरबैकिङ सम्पत्ति बढेको हो । सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम रहेको छ भने त्यसो गर्न नसकेको अवस्था अहिलेका बैंक तथा वित्तीय संस्थामाथि रहेको छ । अर्कोतर्फ गैर–बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शत प्रतिशत बराबर रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
बजार चलायमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा गैरबैकिङ सम्पत्ति थुप्रिन पुगेको हो । यसरी बैंक वित्तीय संस्थाले सकारेको सम्पत्तिको रुपमा रहेन गैर बैंकिङ सम्पत्ति बैंकहरुले सकार गरेको गैर बैंकिङ सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेछ । गैर बैंकिङ्ग सम्पत्ति बिक्री भएको अवस्थामा मात्र त्यस्तो सम्पत्तिका लागि सिर्जना गरिएको नोक्सानी व्यवस्थाको आवश्यक हिसावमिलान हुन्छ । गैर बैंकिङ सम्पत्तिको बिक्री पछि पुर्ण रुपमा कर्जा व्यवस्थापन भएपछि मात्रै नोक्सानी व्यवस्थालाई आम्दानीमा देखाउन सक्छन् । गैर बैंकिङ सम्पत्ति सर्कानका लागि बैंक तथा वित्तीय संस्थाले सार्वजनिक सुचना जारी गरे पनि बिक्री वितरण नहुदाँ समस्या भएको बैंकरहरुको भनाई छ ।
पछिल्लो महिनाहरुमा बैंक तथा वित्तीय संस्थाले आफनो गैर बैंकिङ सम्पत्तिको रुपमा रहेको घरजग्गा लिलामीको लागि सार्वजनिक सुचना जारी गरे पनि लिलामी हुन नसक्दा समस्या परेको बैंकरहरुको भनाई छ । सरकारले जग्गा वर्गीकरणको नियम लागु गरे सँगै घरजग्गा कारोबार संकटमा पर्दै गएको हो । अर्कोतर्फ अनुत्पादक क्षेत्रको रुपमा रहेको घरजग्गामा लगानी नगर्ने बैंक तथा वित्त संस्थाहरुलाई विज्ञ, सरोकारवालाहरुले दिएको सुझाव समेत वेवास्ता गरेको कारण बैंक तथा वित्तीय संस्थामा जोखिम कायम रहेको हो ।