चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत बोनस शेयर तथा लाभांश वितरण गर्ने

Garima_Business-Loan3

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले यस वर्ष १२ प्रतिशत बोनस शेयर तथा लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट उक्त बोनस शेयर तथा लाभांश वितरण गर्ने बताएको हो ।

बैठकले हाल कम्पनीको चुक्ता पूँजीको २ प्रतिशत अर्थात् १५ करोड ९६ लाख ७९ हजार ९४४ रुपैयाँ ७ पैसा बराबरको नगद लाभांश र १२ प्रतिशत अर्थात् ९५ करोड ८० लाख ७९ हजार ६६४ रुपैयाँ ४१ पैसा बराबरको बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीको हालको चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार २०३ रुपैयाँ ४५ पैसा रहको छ ।

लाभांश र बोनस शेयर वितरणको लागि पुस १६ गते एक दिन कम्पनीको शेयर दाखिला खोल कार्य बन्द रहने बताइएको छ । लाभांश वितरण भने कम्पनीको आगामी साधारण सभाबाट पािरत गरे पछि वितरण गरिनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार