काठमाडौं ।मरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले यस वर्ष ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
संस्थाको कुल चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशतले हुन आउने ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस शेयर र शून्य दशमलव ३९४७ प्रतिशत हुने आउने ५२ लाख १० हजार ५२६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।
बैठकले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय पनि गरेको छ।