लक्ष्मी लघुवित्तले १३औं वार्षिक साधारण सभा पुस २६ मा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको तह्रौं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरीमा बिहान ११ बजे बस्ने भएको छ । कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले यस वर्ष लाभांश नबाड्ने निर्णय गरेको छ । सभाले उपयुक्त लघुवित्त पहिचान गरी मर्जरमा जानका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारितका गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन सक्नेछन ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार