धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराजले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले पदबाट राजीनामा दिएका छन् ।  पोखरेलले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

उनले माघ ७ देखि कार्यालय नआउने गरी राजीनामा दिएका हुन् । रमेश हमाल बोर्डको अध्यक्ष नियुक्त भएलगत्तै पोखरले २०७९ कार्तिक १६ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।

सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफनो नियुक्ति लगत्तै मंसिर दोस्रो साता पोखरेललाई नीति, अनुसन्धान र तालिम विभागबाट सुपरिवेक्षण विभागमा सरुवा गरेका थिए । सेबोमा सुपरिवेक्षण विभाग सबैभन्दा आर्कषक मानिन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार