काठमाडौं । सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य ७०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रति तोला १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । ।