राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्दैछ ।

सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।

कम्पनीले पुस १८ गते, बिहीबार, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यु, तीखेदेवल, ललितपुरमा साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार