तेह्रथुम पावर कम्पनीको साधारण सभा पुस २६ मा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सातौँ वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले सभा वैभव पार्टी भेन्यु मैतिदेवीमा १२ः ३० मा गर्ने जनाएको छ ।

सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते देखि २६ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार