सिटि होटलको नवौं वार्षिक साधारण सभा पुस २६मा

काठमाडौं । सिटी होटल लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । होटलले कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनी समूह तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।

साथै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ होटलले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले होटलको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार