२६२८ मा खुम्चियो नेप्से, १ करोड पुगेन शेयर कारोबार कित्ता

काठमाडौं । शेयर बजार फेरि पनि घटेको छ । अघिल्लो बुधबार देखि निरन्तर घटेको शेयर बजार मंगलबार बढे पनि आज फेरि घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले घटेर ४५०.१२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.३९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४२ अंकले घटेको छ ।

बुधबार ३१४ वटा कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब २७ करोड ८२ हजार रहेको छ । जुन मंगलबारको तुलनामा ७ करोड ३१ लाख ५२ हजारले कम हो । मंगलबार ३१८ वटा कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रहेको थियो ।

बुधबार ८१ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । बुधबार बजार पुँजीकरण रकम ४३ खर्ब ५९ अर्ब ४९ करोड ६७ लाख रहेको छ । जुन मंगलबार बजार पुँजीकरण रकम भने ४३ खर्ब ६९ अर्ब ८० करोड रहेको थियो ।
बुधबार ३ वटा समूह परिसूचक बढ्दा १० वटा समूह परिसूचक घटेको छ । वित्त ३४, लघुवित्त ४ र व्यापार २४ अंकले बढ्दा बैकिङ ५, विकास बैंक ९, होटल र पर्यटन २८, जलविद्युत १३, लगानी ०.३२, जीवन बीमा ४२, उत्पादन र प्रशोधन २२, म्युअुचल फण्ड ०.०५, निर्जीवन बीमा १८ र अन्य समूह ७ अंकले घटेको छ ।

बुधबार सर्वाधिक कारोबर हुने कम्पनीहरुमा जानकी फाइनान्स, रिभर फल्स पावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल फाइनान्स र सिकलेस हाइड्रोपावर रह्यो । जानकी फाइनान्सको १५ करोड ५९ लाख, रिभर फल्स पावर लिमिटेडको १२ करोड ६ लाख , एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ११ करोड ६० लाख, नेपाल फाइनान्सको १० करोड ७५ लाख र सिकलेस हाइड्रोपावरको ८ करोड ९ लाख बराबर करोबार रह्यो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार