सूर्यज्योति लाइफमा ठुला शेयरधनीको संख्या १४, कसको कति ?

काठमाडौं ।  सुर्यज्योति लाइफ इन्स्योरेन्समा एक वा सोभन्दा धेरै प्रतिशत शेयर स्वामित्व रहेका लगानीकर्ताहरुको संख्या १४ रहेको छ । जसमध्ये सबैभन्दा धेरै नितेश अग्रवालको शेयर स्वामित्व रहेको  छ । प्राप्त बिबरण अनुसार  नितेश अग्रवालको सो २८ लाख कित्ता शेयर रहेको छ । नितेषको शेयर स्वामित्व हिस्सा ५.५९ प्रतिशत रहेकोछ ।

यसैगरी, उषा अग्रवालको २५ लाख ७९ हजार कित्ता सेयर तथा ५.१५ प्रतिशत स्वामित्व, अर्पित अग्रवालको २२ लाख ८१ हजार कित्ता शेयर तथा ४.५५ प्रतिशत स्वमित्व, यूनिटेक ईन्भेष्टमेन्ट प्रालिको १९ लाख ६ हजार कित्ता सेयर तथा ३.८० प्रतिशत स्वामित्व, त्रिलोक चन्द अग्रवालको १८ लाख ३० हजार कित्ता सेयर तथा ३.६५ प्रतिशत स्वामित्व, निकुन्ज अग्रवालको १८ लाख कित्ता शेयर तथा ३.५९ प्रतिशत स्वामित्व, श्री गणेश प्रोपर्टिज एण्ड ईन्भेष्टमेन्ट प्रालिको १७ लाख २९ हजार कित्ता सेयर तथा ३.३५ प्रतिशत स्वामित्व, उशा इन्भेष्टमेन्टको १२ लाख ७७ हजार कित्ता सेयर तथा २.५५ प्रतिशत स्वामित्व र एनआईसी एशिया बैंकको ११ लाख १ हजार कित्ता सेयर तथा २.२० प्रतिशत स्वामित्व रहेको छ ।

यसैगरी, कम्पनीमा अशोक कुमार अग्रवालको १.९७ प्रतिशत, भीजे ईन्भेष्टमेन्ट कम्पनीको १.८३ प्रतिशत, बोधि प्रसाद त्रिपाटीको १.२५ प्रतिशत, सिटि एक्सप्रेस ईन्भेष्टमेन्ट फण्डको १.२० प्रतिशत र शिरिश कुमार मुरार्काको १.१६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार