दुबईको  जोयालुकास एक्सचेन्ज मार्फत नेपालमा पैसा पठाउन सकिने

काठमाडौं । दुबईको  जोयालुकास एक्सचेन्ज  र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ ।यो सेबा सँगै दुबईमा भएका नेपालीहरुले जोयालुकास  एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने सिटि एक्प्रेस मनि ट्रान्सफरले जनाएको छ  ।

यो  सम्झौताका पश्चात बैदेशिक रोजगारीमा रहेका नेपाली सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने बिश्वास हुने सिटि एक्प्रेस मनि ट्रान्फरले जनाएको छ  ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा बिगत १८ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ  ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार