सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । दुबईकोे ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच रेमिट्यान्स कारोबार सुरु भएको छ । दुबईमा रहनुभएका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

यस सम्झौताका आधारमा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने बिश्वास लिन सकिन्छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिट्यान्स भुतmानी पनि गर्न सकिन्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार