काठमाडौं । कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा कायम रहेको साधारण चुक्ता पुँजीको ३ प्रतिशतले बोनस शेयर र ७ दशमलव ५३ प्रतिशतले हुने नगद लाभांश वितरण गर्न लागेको हो ।
बिहीबार बिहान बसेको बैंकको सञ्चालक समितिको ११३७ औं बैठकले वितरणयोग्य सञ्चित मनुाफाबाट लाभांश वितरणको निर्णय गरेको हो । बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतथ हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको थियो । बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ४५ करोड १६ लाख रहेको छ ।
बैठकले बैंकको बाह्य लेखापरीक्षकद्धारा लेखापरीक्षण भई व्यवस्थापनबाट पेश हुन आएको संलग्न बमोजिमको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणहरु सम्बन्धमा छलफल गरी स्वीकृत गर्ने समेत निर्णय गरेको छ । गत वर्ष भने बैंकले लाभांश वितरण गरेको थिएन ।