इन्फिनिटी लघुवित्तले लाभांश नदिने

Garima_Business-Loan3

काठमाडौं ।इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बुधबार बेलका बसेको सञ्चालक समितिको ११० औं बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७९/८० पनि लाभांश वितरण गरेको थिएन । बैठकले आर्थिक वर्ष २०८०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विरणहरु अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म जगेडा कोष रकम १६ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको वितरणयोग्य नाफा भने ६ करोड ७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार