रसुवागढी हाइड्रोपावरको बाह्रौं साधारण सभा पुस २९मा

Garima_Business-Loan3

काठमाडौं । रसुवागढी हाइड्रोपावरले पुस २९ गते बाह्रौं बार्षिक साधारण सभा गर्ने भएको छ ।

बिहीबार बिहान १० बजे बसेको संचालक समितिको बैठकले पुस २९ गते स्मार्ट महल, धुम्बाराही, काठमाडौंमा विहान ११ बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते मंगलबार बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार