२५९६ मा झर्यो नेप्से, पौने ५ अर्बको कारोबार

काठमाडौं । शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि ओरालो लागेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३५ अंकले घटेर ४४५.७७ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.८९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.४७ अंकले घटेको छ ।

बिहीबार ३१० वटा कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ७६ करोड २ लाख ६७ हजार रहेको छ । जुन बुधबारको तलनामा कारोबार रकम ४९ करोड १ लाख ८५ हजारले बढी हो । बुधबार ३१४ वटा कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब २७ करोड ८२ हजार रहेको थियो ।

बिहीबार २९ टा कम्पनीको शेयर मूल्य बढ्दा २११ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । बिहीबार बजार पूँजीकरण रकम ४३ खर्ब ७ अर्ब ३५ करोड रहेको छ । जुन बुधबारको तुलनामा करिब ५२ अर्बले घटेको छ । बुधबार बजार पुँजीकरण रकम ४३ खर्ब ५९ अर्ब ४९ करोड ६७ लाख रहेको थियो ।

बिहीबार शतप्रतिशतले समूह परिसूचक घटेको छ । बैकिङ १२, विकसा बैंक ७०, वित्त ७३, होटल र पर्यटन ५६, जलविद्युत ५३, लगानी २, जीवन बीमा १३३, उत्पादन र प्रशोधन २२, लघुवित्त ३५, निर्जीव बीमा १३४, व्यापार १३२ र अन्य समूह १८ अंकले घटेको हो ।

बिहीबार सर्वाधिक कारोबर हुने कम्पनीहरुमा जानकी फाइनान्स, कार्णली विकास बैंक, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो । जानकी फाइनान्सको १७ करोड ६० लाख, कार्णली विकास बैंकको ११ करोड ४५ लाख , नेपाल फाइनान्सको १०करोड २२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ८ करोड ६ लाख र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ७ करोड ७२ लाख बराबर कारोबार भयो ।

बिहीबार सर्वाधिक कमाउनेमा सर्पोट फाइनान्स र सर्वाधिक गुमाउनेमा नरायणी विकास बैंक रह्यो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार