CLI

महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बिक्रि खुल्ला

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ निष्काशन तथा बिक्री आज पुस ५ गतेदेखि खुला हुँदैछ । लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशन गर्न लागको हो।

४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले  पुस ९ गतेसम्म आवेदनको समय तोकेको छ सो समय भित्र चाहिएजति आबेदन नपरेमा आबेदन दिने समय पुस १९ गतेसम्म थप हुनेछ ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटललाई तोकेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

Leave Your Comment

Related News