डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुँदै, लाभांस बितरण गर्ने प्रस्ताब पारित गर्ने

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले तेईसौं वार्षिक साधारण सभा २०८१  पौष २६ गते शुक्रबार  विहान १०:०० बजे होटल सेभेन स्टार लिमिटेड सौराहा, चितवनमा बोलाएको छ  ।

साधारणसभामा अध्यक्षवाट प्रस्तुत हुने सञ्चालक समितिको तेईसौ वार्षिक प्रतिवेदन (आ.व. २०६०/०८१) उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा तत् सम्बन्धी अनुसूचीहरू सहितको वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने,सञ्चालक समितिले प्रस्ताव गरे अनुसार नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भए बमोजिम वित्तीय संस्थाको आ.व. २०८०/०८१ सम्मको मुनाफा रकमबाट चुक्ता पुँजीको ०.५० प्रतिशतले हुन आउने रकम रू. ८५,३०,९८४ / ९१ (अक्षरेपि पचासी लाख तीस हजार नौ सय चौरासी रूपैया र पैसा एकानब्बे मात्र) नगद लाभांश (कर प्रयोजनको लागि मात्र) वितरण गर्न स्वीकृति प्रदान गर्ने रहेको छ ।

साधारणसभाले  आ.व. २०६१/०६२ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र  संस्थापक शेयरधनीहरू मध्येबाट ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने कार्यसुची रहेको छ  ।

साधारणसभको बिशेष प्रस्तावको रुपमा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भए बमोजिम यस वित्तीय संस्थाको आ.व. २०६०/०६१ सम्मको मुनाफा रकमबाट चुक्ता पुँजीको ९.५० प्रतिशतले हुन आउने रकम रू. १६,२०,८८,७१३/३६ (अक्षरेपी सोढ करोड बीस लाख अठासी हजार सात सय तेह्र रूपैया र पैसा छत्तिस मात्र ) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने, वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी रू. १,७०,६१,९६,९८२ / ७२ रहेकोमा बोनस शेयर जारी पछि कायम हुने जारी तथा चुक्ता पुँजी रू. १,८६,८२,८५,६९६/०८ (अक्षरेपि एक अर्व छयासी करोड़ बयासी लाख पचासी हजार छ सय छयानब्बे रूपैया पैसा आठ मात्र) पुयाउने प्रस्ताव पारित गर्ने रहेको छ ।

संस्थाको तेईसौं वार्षिक साधारण सभा प्रयोजनार्थ २०८१ पौष १७ गते एक दिन शेयर दाखिल खारेज बन्द  हुनेछ । बुकक्लोजको अघिल्लो दिन अर्थात पुष १६ सम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार