सर्वोत्तम सिमेन्टले बोलायो साधारण सभा, लाभांस प्रस्ताव पारित गर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा  २०८१ पुस २६ गते बिहान ११:३० बजे रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका, आचलपुर स्थित होटल सिद्धार्थ भिलासामा बोलाएको छ ।

साधारण सभाको साधारण प्रस्ताबमा  कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने,कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७१/०७२ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीमा कायम शेयरधनीहरुलाई आ.व.२०८०/०८१ सम्मको मुनाफा रकम कम्पनीको चुक्ता पुँजी रु ४,६५,००,००,०००।- को ३% का दरले हुन आउने रु १३,९५,००,०००।- ( रुपैंया तेह्र करोड पन्चानब्बे लाख मात्र) (लाभांश कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव छलफल गरी पारित गर्ने प्रस्ताव रहेका छन्

कम्पनीको साधारण सभाको बिशेष प्रस्तावको रुपमा  सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई आ. व. २०८०\८१ सम्मको मुनाफा रकमबाट कम्पनीको चुक्ता पुँजी रु ४,६५,००,००,०००।- को ७ % का दरले हुन आउने रु ३२,५५,००,०००/- ( रुपैंया बत्तिस करोड पचपन्न लाख मात्र) बराबरको बोनश शेयर वितरण गर्न  स्वीकृती प्रदान गर्ने ।

प्रस्तावित वोनश शेयर वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित भए पश्चात कम्पनीको जारी तथा चुक्ता पुँजीमा बृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन पारित गर्ने,प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ,सञ्चालकहरुको सेवा सुविधा पारित गर्ने रहेका छन् ।

कम्पनीले  साधारण सभा प्रयोजनार्थ २०८१ पुष १२ गते एक कम्पनीको शेयरधनी दर्ता किताब बन्द (Book close) हुने कम्पनीले जनाएको  छ  । कम्पनीको साधारण सभामा पुष ११ गते सम्म कायम शेयरधनीले मात्र भाल लिन पाउनेछन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार