नेपाल बिधुत प्राधिकरणमा ठुलो मात्रामा रोजगारीको अबसर

Garima_Business-Loan3

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा जागिर खुलेको छ । प्रधिकरणले सहायक स्तर पाँचौ तह देखी प्बन्धक सम्म१,०८३ जनाका लागि आबेदन माग गरेको हो ।   स्थायी नियुक्ति गर्ने उद्देश्यले शुक्रबार सूचना जारी गर्दै विभिन्न समूहका लागि दरखास्त आह्वान गरिएको हो।

प्राधिकरणले १९५ जना अधिकृतस्तर र ८८८ जना सहायकस्तरमा आवेदन मागेको छ। लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ । आवेदन दिने अन्तिम मिति पुस २५  लाई तोकिएको छ दोब्बर दस्तुरमा माघ ३ सम्म तोकिएको छ।

अधिकृतस्तरमा माग भएका पदहरू

इलेक्ट्रिकल इन्जिनियर : ६२ जना
प्रशासकीय अधिकृत : ३८ जना
लेखा अधिकृत : ३१ जना
कम्प्युटर इन्जिनियर : २१ जना
सिभिल इन्जिनियर : ९ जना

सहायकस्तरमा माग भएका पदहरू

इलेक्ट्रिकल सुपरभाइजर : ७४० जना
मिटररिडिङ सुपरभाइजर : ४१ जना
लेखापालस् : ३९ जना
मेकानिकल सुपरभाइजर : १९ जना
सिभिल सुपरभाइजर : ३ जना
योग्यता अनुसार प्राविधिक र प्रशासनिक क्षेत्रमा अवसर खुलेका छन्। सहायकस्तरका कर्मचारीले आवेदन दिएको प्रदेशभित्रै काम गर्नुपर्नेछ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार