गरिमा विकास बैंकले लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक बर्ष २०८०\०८१ को  खुद नाफाबाट  लगानी कर्तालाई  लाभांश घोषणा गरेको छ। बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ। बैंकले ५ प्रतिशतले हुन आउने २८ करोड ४० लाख २५ हजार ८ सय ६६ रुपैयाँ ३८ पैसा बराबरको नगद लाभांश वितरण अग्रने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात र बैंक आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार