काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
समाजको अध्यक्षमा सुनिता कार्की कोइराला निर्विरोध निर्वाचित भएकी छन् । उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का निर्वाचित भएको निर्वाचन समितिका संयोजक भीम गौतमले जानकारी दिए ।
यस्तै सहसचिवमा प्रशन्न ढुंगाना, कोषाध्यक्षमा हिमा विश्वकर्मा निर्विरोध चुनिएका छन् ।
सदस्यहरुमा विष्णु रैगाई, आशुतोष अर्याल, सर्मिला न्यौपाने, धना ढकाल, निर्दोष घोरसाइने, पवन तिमिल्सिना चयन भएका छन् । समाजको संस्थापक अध्यक्षमा जीवन बस्नेत रहेका छन् ।