एनसेलका ग्राहकले एनपीएलमा आफूलाई मनपर्ने टिमको पीआरबीटी राख्न सक्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल भोलि हुन गइरहेको छ, र यसले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्याएको छ । यो माहोललाई अझ रोमाञ्चक बनाउन, एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ ।

यससँगै ग्राहकहरुले एनपीएलका टिमहरुको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी)का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन् ।

बिहीबारसम्म, ५०,००० भन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टिमहरुको थिम गीतलाई आफ्नो पीआरबीटीका रुपमा राखिसकेका छन् । धेरै ग्राहकहरु आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन् । ग्राहकहरूले *123*6# डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सक्छन् ।

एनसेलको पीआरबीटी एक विषेश सेवा हो । यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरु बाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड, वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन् ।

‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन् । त्यसैगरी ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधी अनुसारमा टोन राख्न सकिन्छ । जस्तै कुनै ग्राहकले आफूले गाडी चलाईरहेको छ भने उसले फोन गर्नेहरुलाई आफुले गाडी चलाईरहेको जानकारी दिने टोन राख्न सक्छन् । यसबाहेक ‘आफ्नै धुन’ पीआरबीटी सेवा अन्तर्गत ग्राहकले आफुलाई मनपर्ने गीत, धुन वा कुनै अडियो रेकर्ड गरी अपलोड गरेर टोनका रुपमा पनि राख्न सक्छन् ।

प्रत्येक पीआरबीटीको शुल्क करसहित मात्र रु ३१ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ ।

यस पीआरबीटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औद्यी मन पराइएका कलाकारका गीतहरू देखि लिएर अरु गीतहरु पनि हरेक संगीतप्रेमीको ईच्छा अनुसार छान्न सकिन्छ । एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गर्दछ, जसले यो सेवालाई विशेष बनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार