सूर्यज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ  । सभाले आर्थिक वर्ष २०८०\८१ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाइ हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७\४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५५९.४९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको नाफा–नोक्सान, नगद प्रवाह विवरण लगायतको आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ । सभाले संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति पारित गरेको छ ।

सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ। कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, र नवीन सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता गरेका थिए ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता दोहोर्याएको छ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार